काठमाण्डौ,२५ असोज ।
रोमानिया र अल्बानिया युरोकप २०१६ का लागि छनौट भएका छन् । गए राति भएको आआफ्नो खेल जित्दै दुवै राष्ट्रले युरोपकमा स्थान पक्का गरेका हुन् ।
खेलमा फारोइ आइल्याण्डलाई ३–० ले हराएको रोमानिया समुह एफको उपविजेताको रुपमा युरोकपका लागि छनौट भएको छ । अर्मेनियालाई ३–० ले नै हराएको अल्बानिया समुह आईको उपविजेताको रुपमा युरोकप २०१६ का लागि छनौट भएको छ ।
आइतबार राति भएका अरु खेलमा छनौट भैसकेको पोर्चुगलले सयिर्बालाई २–१ ले हरायो । यस्तै ग्रिसले हंगेरीलाई ४–३ तथा स्कटल्याण्डले जिब्रालटारलाई ६–० हरायो भने फिनल्याण्ड र नर्दन आयरल्याण्डले १–१ को बराबरी खेले ।
आउँदो वर्ष फ्रान्समा हुने प्रतियोगिताका लागि अहिलेसम्म १६ टिमले स्थान पक्का गरिसकेका छन् । प्रतियोगितामा २४ देशका टिमको सहभागिता हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline