असोज २५, एजेन्सी ।
साउथ अफ्रिकाविरुद्धको पहिलो वन डे क्रिकेटमा भारत ५ रनले पराजित भएको छ । ३ सय ४ रनको लक्ष्य पछ्याएको भारत २ सय ९८ रनमा सिमित रह्यो ।
जितसंगै साउथ अफ्रिकाले ५ वन डेको सिरिजमा अग्रता लिएको छ । ओपनर रोहित शर्माले १ सय ५० रनको उत्कृष्ट पारि खेलेपनि भारतले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९८ रन मात्र बनाउन सक्यो ।
अजिन्क्या राहानेले ६० र कप्तान महेन्द्र सिंह धोनीले ३१ रन बनाए । टस जितेर पहिले व्याटिङ गरेको साउथ अफ्रिकाले पुरै ओभर खेलेर ५ विकेट गुमाउदै ३ सय ३ रनको चुनौतिपुर्ण स्कोर खडा गरेको थियो ।
उसका लागि एविडि भिलियर्सले नटआउट १ सय ४ रनको योगदान गरे । यस्तै फप डु प्लेसिसले ६२ र हसिम अमलाले ३७ रन बनाए । इन्डियाले ३ टि ट्वान्टीको सिरिज पनि २–० ले गुमाएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline