राप्रपा नेपालका महामन्त्री गुरुङको भोली अन्त्येष्टि

राप्रपा नेपालका महामन्त्री गुरुङको भोली अन्त्येष्टि

  • सोमवार, अशोज २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ,२५ असोज ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दिवंगत महामन्त्री चन्द्रबहादुर गुरुङको भोली अन्त्येष्टि गरिने भएको छ ।

पार्टीका संस्थापक नेता, महामन्त्री, पूर्व संसदीय दलका नेता गुरुङको यही असोज १६ गते राति उपचारका क्रममा अमेरिकाको कोलोराडोमा निधन भएको थियो । उहाको शव भोली दिउँसो १ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ल्याइने सो पार्टीले जनाएको छ ।

विदेशबाट उहाको शव नेपाल ल्याउन लामो प्रक्रिया पूरा गर्नु परेकाले अन्त्येष्टिमा ढिलाइ हुन पुगेको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट गुरुङको शवलाई धुमवाराहीस्थित पार्टी कार्यालयमा शवयात्रा गरी पुर्याइने र करिब तीन घन्टा सर्वसाधारणको श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।उहाको भोली नै पशुपति आर्यघाटमा अन्येष्टी गरीने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी