काठमाडौं, २५ असोज ।
नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत रञ्जित रायबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत राय आज बिहानै ओली निवास बालकोट पुग्नु भएको थियो ।
राजदूत रायले प्रधानमन्त्री बनेकोमा ओलीलाई बधाई एवं शुभकामना दिनुभएको छ । उहाँले नाकामा भैरहेको अवरोध चाँडै हट्ने आश्वासन समेत दिनुभएको ओलीको निजी सचिवालयले जनाएको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो नै टेलिफोन गरेर ओलीलाई बधाईसहित आफनो मुलुक भ्रमणको निम्तो दिनुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline