लाङ्टाङमा एक्काइस मानव कङ्काल फेला

लाङ्टाङमा एक्काइस मानव कङ्काल फेला

  • सोमवार, अशोज २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

रसुवा, २५ असोज ।

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि आएको हिमपहिरोले लाङ्टाङ क्षेत्रमा पुरिएर हराएकामध्ये २१ जनाको कङ्काल भेटिएको छ ।

जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार भेटिएका कङ्कालहरु लाङ्लाङबासीको भएको बताइएको छ । ती कङ्कालमध्ये पहिचान भएका १५ वटा कङ्काल स्थानीयबासीलाई बुझाइएको र पहिचान हुन नसकेको छवटा कङ्काल डिएनए परीक्षणका लागि काठमाडौँ पठाएने भएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नारायण दलका गणपति बिक्रम गुरुङको नेतृत्वमा गएको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २१ मानव कङ्काल सङ्कलन गरेको थियो ।

सो सुरक्षा टोलीले १० दिनसम्म घटनास्थलको आसपासमा बसी खोजी गरेको थियो ।

प्रहरी प्रमुख विष्टले पहिरोमा पुरिएका करिब ३०० मध्ये अझै ८५ जना फेला नपरेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी