आज भोटोजात्रा, राष्ट्रप्रमुखको सहभागितामा भोटो देखाइदै

आज भोटोजात्रा, राष्ट्रप्रमुखको सहभागितामा भोटो देखाइदै

  • सोमवार, अशोज २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौ २५ असोज ।  

वर्षा र सहकालको देवता रातो मछिन्द्रनाथको भोटो आज देखाइदैछ । गत असोज २२ गते रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्याएको चार दिनपछि आज भोटो देखाउन लागेको हो ।

गत वैशाख ६ गते रथारोहरण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेको भए पनि १२ गतेको भूकम्पका कारण रथमा क्षति पुगेकाले रथ जात्रा स्थगित भएको थियो । क्षति भएको रथलाई पुनःनिर्माण गरी गत असोज ४ गते रथारोहण गरी ५ गतेदेखि पुनः दोस्रोपटक रथ जात्रा सुरु भएको हो ।

आज राष्ट्रप्रमुखको प्रमुख आतिथ्यसँगै लाखौँ सर्वसाधारणको सहभागितामा जावलाखेलमा मछिन्द्रनाथको भोटो देखाइने गुठी संस्थान लालितपूरले जनाएको छ ।

यसैबीच यसवर्ष १२ वर्षको विशेष मेला परेकाले रथमा फूलपाती चढाउने र दर्शन गर्ने दर्शनार्थीको हजारौँको सङ्ख्यामा बिहानैदेखि भीड लागेको रथका पुजारी विनोद बज्राचार्यले जानकारी दिनुभयो ।

रथको दर्शन गर्नाले आँटेको कुरा पूरा हुने धार्मिक मान्यता रहिआएको छ । पुजारी बज्राचार्यको अनुसार हरेक वर्ष भोटो देखाउने अघिल्लो दिन भूजा पूजा गर्ने प्रचलनअनुसार हिजो बेलुकी रथ रहेको स्थान जावलाखेलमा भुजा पूजा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ