सहकारी क्षेत्रलाई व्यापारीक केन्द्र बनाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने : बाँस्कोटा

सहकारी क्षेत्रलाई व्यापारीक केन्द्र बनाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने : बाँस्कोटा

  • आइतवार, अशोज २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

 भक्तपुर , २४ असोज ।

पूर्व गृह राज्यमन्त्री तथा राष्ट्रिय सहकारी संस्था लि.का पूर्व अध्यक्ष दिपक बाँस्कोटाले सहकारी क्षेत्रलाई व्यापारीक केन्द्र बनाउने प्रवृत्तिलाई अन्त्य गर्नु पर्नु बताउनु भएको छ ।

अनमोल बचत तथा ऋण सहकारी संस्था लि. सुर्यबिनायकको छैठौं साधारण सभाको उद्घाटन गर्दै बाँस्कोटाले व्यापार गर्ने भए सहकारी क्षेत्रमा नभई अन्य क्षेत्रमा लागि व्यापार गर्नु पर्ने बताउनु भयो ।

सहकारी क्षेत्रमा व्यापार गरी ठगी गर्नेहरुले सहकारीको नाम बदनाम गरेको बताउँदै उहाँले एक दुई सहकारीले गरेको बदनामलाई सरकारले सबै माथि दोष थुपार्ने कार्यको अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले देशले नयाँ संविधान पाइसकेको अवस्थामा सहकारी क्षेत्रको ऐन नियममा संशोधन गर्नु पर्ने भन्दै सहकारीका बिषयमा जानकारी नभएका मन्त्रीहरुकै कारण नेपालमा सोचे अनुसार सहकारीको बिकास हनु नसकेको बताउनु भयो । कार्यक्रममा साधारण सदस्यहरुलाई बिभिन्न बिद्यामा सहयोग तथा पुुुरस्कार बितरण गरिएको थियो ।

कार्यक्रममा रफत सञ्चार क्लवका अध्यक्ष सुशिलबन्धु थापा, अर्थविद् दिवस शाक्य, केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका उपाध्यक्ष सुर्यबहादुर खाईतु, समाजसेवी टी.पी. उप्रेती, वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत, तथा यस संस्थाका शेयर सदस्य निश्चल बस्नेतले शुभकामना मन्तव्य दिनुभएका थिए ।

संस्थाका अध्यक्ष बच्चुराम थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष शंकर के.सी.ले स्वागत मन्तव्य, सदस्य विश्वराम थापाले धन्यवाद ज्ञापन तथा कपिल के.सी.ले कार्यक्रम संचालन गर्नु भएको थियो ।

उक्त संस्थामा १९३५ सदस्य रहेका छन् भने शेयर पूँजी रु ६३ लाख ८३ हजार एक सय १० र निक्षेप रु. ८ करोड ४० लाख ८६ हजार ८ सय २२ रुपैयाँ ८१ पैसा रहेको छ ।

आगामी तीन वर्षका लागि बच्चुराम थापाको अध्यक्षमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

जसअनुसार उपाध्यक्षमा शंकर के.सी., सचिवमा राजु श्रेष्ठ र कोषाध्यक्षमा तुलसा देवी थापा राई रहेका छन् भने सदस्यहरुमा क्रमशः विश्वराम थापा, लालीमान बुढा र गन्धर्वमान सिंह बस्नेत रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी