काठमाडौँ, २४ असोज ।
प्रधानमन्त्रीको निर्वाचनका लागि आज भएको मतदानको समयमा व्यवस्थापिका–संसद् बैठकमा अनुपस्थित तीन जना सांसद मतदान गर्नबाट वञ्चित हुनुभएको छ ।
सभामुख सुवास नेम्वाङले निर्वाचन प्रयोजनका लागि पाँच मिनेटको जनाउ घन्टी दिएर मतदान स्थलमा उपस्थित हुन समय दिएपनि त्यसलाई गुजार्दै नेपाली काँग्रेसका सांसदहरु प्रदीप गिरी, बद्री पाण्डे र जीवन परियार मतदान गर्नबाट वञ्चित हुनुभएको हो ।
संसद्मा रहेका कुल ५९८ जना सांसदमध्ये मतदान प्रक्रियामा ५८७ जना सामेल हुनुभएको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि असोज २५ गते अपराह्न ३ बजे बस्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline