नेपालको ३८ औ प्रधानमन्त्री केपि ओली

नेपालको ३८ औ प्रधानमन्त्री केपि ओली

  • आइतवार, अशोज २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ ,२४ असोज ।

नेपालको ३८ औ प्रधानमन्त्रीमा केपि ओली निर्वाचित हुनु भएको छ । ३ सय ३८ मत प्राप्त गर्दै एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।

संसद्‍को आइतबारको बैठकमा भएको मतदानमा ओली स्पष्ट बहुमतसहित निर्वाचित हुनुभएको छ ।

मतदानमा ५८७ जना सांसद उपस्थित हुनुहुन्थ्यो । यस्तै अर्का उम्मेदवार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले २४९ मत प्राप्त गर्नुभएको छ ।

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायत दलहरुको समर्थनमा ओली मुलुकको ३८औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।

ओलीको पक्षमा नेकपा (एमाले)का १८३ सांसद, एकीकृत नेकपा (माओवादी)का ८३, राप्रपा नेपालका २५, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का १४ संसदले मतदान गर्नुभएको थियो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेकपा (माले) ५, राष्ट्रिय जनमोर्चाको ३, नेपाल परिवार दलका दुई, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका दुई बहुजनशक्ति पार्टी एक, मधेस समता पार्टी नेपालका एक, नेपाः राष्ट्रिय पार्टी, नेकपा (संयुक्त)का तीन सांसदले पनि ओलीलाई मतदान गर्नुभएको थियो ।

नेकपा(एमाले)का तर्फबाट झापा क्षेत्र नं ७ बाट संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचित हुनुभएका ६४ वर्षीय ओली नयाँ संविधान घोषणा भएको २१ दिनपछि प्रधानमन्त्रीमा चयन हुनुभएको हो ।
एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम(लाकतान्त्रिक)बीच आजै आठ बुँदे सहमति भएको थियो ।

झन्डै पाँच दसकदेखि राजनीतिमा सक्रिय ओली स्पष्ट र प्रखर वक्ता मानिन्छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी