आफुलाई भोट दिनेहरुले भविष्यमा पछुताउनु पर्दैन :अध्यक्ष ओली, समर्थन गर्न सबैमा आग्रह 

आफुलाई भोट दिनेहरुले भविष्यमा पछुताउनु पर्दैन :अध्यक्ष ओली, समर्थन गर्न सबैमा आग्रह 

  • आइतवार, अशोज २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, २४ असोज ।

नयाँ प्रधानमन्त्रीका उम्मेदवार एवः नेकपा एमाले अध्यक्ष कपी शर्मा ओलीले आफुलाई नया सरकार गठनका लागिसमर्थन गर्न नेपाली काँग्रेसलाई आग्रह गरेका छन ।

आज नया प्रधान्त्री चयनका लागि मतदान हुनभन्दा अघि संसदलाई सम्बोधन गर्दै ओलीले आफुलाई भोट दिनेहरुले भविष्यमा गएर नपछुताउने बताएका छन । उनले भने “भोली गएर केपी ओलीलाई प्रधानमन्त्रीमा चुनेर मैले गल्ती गरेछु भनेर पछुताउन म दिनेछैन ।”

तर उनले अहिले आफुलाई समर्थन नगर्नेहरु भने पछि गएर पछुताउने पनि तर्क गरेका छन । उनले भने “ जसले आज मलाई भोट गर्दैन त्यसले भने भोली ओलीलाई किन समर्थन गरेनछु भनेर पक्केै पछुताउनु पर्ने  छ ।”

अध्यक्ष ओलीले राष्ट्रिय एकतालाई बनाइराख्न आफु लागिपर्ने पनि बताएका छन ।

यस्तै प्रधानमन्त्रीका प्रस्तापक एबः एमाओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले देशमा जारी आन्दोल र बर्तमान परिस्थितीको सामाधानका लागि ओली नेतृत्वको सरकार आवश्यक रहेको बताए ।

प्रचण्डले आन्दोलन त्यागेर समझदारिका माद्यमबाट तराई मधेशको समस्या सामाधान गर्न सकिने भन्दै सबै सांसदहरु समक्ष भावि प्रधानमन्त्रीका उम्मेदवार एमाले अध्यक्ष ओलीलाई समर्थन गर्न आग्रह गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी