काठमाण्डौ , २४ असोज ।
नेकपा एमाले ,एकिकृत माओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुले प्रधानमन्त्रीको चुनाव हुनु अघि आठ बुदे सहमती गरेका छन् ।
तीन दलका शीर्ष नेताबीच आज बिहान भएको सहमतीमा निर्वाचन क्षेत्र निर्धारणका बिषयमा हाल कायम रहेका जिल्लाको भौगोलीक क्षेत्रमा कम्तिमा एक निर्वाचन क्षेत्र निर्धारण हुने लगायतका आठ वटा बुदामा सहमती भएको हो ।
एमाले अध्यक्ष केपि ओली ,एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले सहमतीपत्रमा हस्ताक्षर गरेकबा छन् ।
बिभिन्न आन्दोलनका क्रममा क्षति पुगेका घर र व्यावसायको अध्ययन गरी उचीत क्षतिपुर्ती दिनुका साथै सो क्रममा बन्दी बनाईएका व्यत्तिहरुलाई रिहा गर्ने र यस क्रममा लगाईएका झुटा मुद्धाहरु फिर्ता गर्ने सहमती भएको छ ।
हेर्नुस् सहमतीको पूर्ण पाठ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
