ओलीको पक्षमा मतदान गर्न एमाओवादी सभासदलाई ह्विप 

ओलीको पक्षमा मतदान गर्न एमाओवादी सभासदलाई ह्विप 

  • आइतवार, अशोज २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौ २४ असोज । 

एकिकृत नेकपा माओवादीले व्ययवस्थापिका संसदमा आज हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा मतदान गर्न आफ्ना सभासदहरुलाई ह्विप जारी गरेको छ ।

ओलीका प्रस्तवक समेत रहेका एमाओवादीले आफ्ना केही सभासद पार्टी निर्णय विपरित जानसक्ने संकेत भएपछि ह्विप जारी गरेको हो ।

ओलीको समर्थकका रुपमा रहेको राप्रपा नेपालले पनि उहाँको पक्षमा मतदान गर्न आफ्ना सभासदहरुलाई ह्विप जारी गरको छ ।

यता नेपाली कांग्रेसले आफ्नो पार्टीका उमेदवार सुशिल कोइरालालाई मतदान गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई अपिल गरेको छ ।

पार्टीका तर्फबाट प्रवक्ता दिलेन्द्र प्रसाद बडुले हिजो साँझ अपिल जारी गर्दै वार्ता र संवादबाट तराई मधेशमा जारी आन्दोलन लगायत सबै समस्याको समाधन खोज्न कोइराला नेतृत्वको सरकार आवश्यक रहेको भन्दै उहाँलाई मतदान गर्न अपिल गर्नु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी