काठमाडौ २४ असोज । आज अन्तर्राष्ट्रिय किशोरी दिवस, नेपालमा पनि महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले औपचारिक तथा अनौपचारिक कार्यक्रम गरी मनाउदैछन् ।
हरेक वर्ष अक्टोबर ११ तारीखमा यो दिवस मनाउने गरिन्छ । सन् २०११ को अक्टोबर ११ मा राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि हरेक वर्ष आजको दिन दिवस मनाउन सुरु गरिएको हो ।
अधिकारबाट बन्चित रहेको र अनेकौ चुनौतीको सामना गरिरहेका किशोरीको अधिकार संरक्षणका लागि राष्ट्रसंघले सन् २०३० सम्ममा उलेख्य सुधारका आवधिक कार्यक्रम पनि सन्चालन गरिरहेको छ ।
नेपालमा विद्यालय उमेर पुगेका धेरै किशोरीहरु अधिकारविहिन रहेको वर्तमान अवस्थामा अझै पनि जनचेतनाको उत्तिकै आवश्यकता देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline