काठमाडौं, २४ असोज ।
मुलुको ३८ औं प्रधानमन्त्रीका लागि आज संसदमा चुनाव हुदै छ ।
विहान ११ बजेपछि हुने नयाँँ प्रधानमन्त्रीको चुनावका लागि बर्तमान काम चलाउ प्रधानमन्त्री एवः काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिपर्धा हुदैछ ।
कांग्रेस सभापति कोइरालाले प्रधानमन्त्री पदबाट राजिनामा दिएर पुनः भावि प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउनु भएपछि दुबै नेताहरुबीच प्रतिस्पर्धा हुन लागेको हो ।
हिजो एमाले अध्यक्ष ओलीले पू्रधानमन्त्रीका लागि तेस्रो ठुलो दल एमाओवादी प्रस्तावक र चौथो ठुलो दल राप्रपा नेपालसहित १४ दल र एक स्वतन्त्र गरि ३ सय २७ सांसदको समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
कांग्रेसलाई अहिलेसम्म कसैले औपचारिक समर्थन नगरेपनि मधेसी दल र एमाओवादीकै केही सांसदले समर्थन गर्ने कांग्रेसका नेताहरुले हिसाब लगाएका छन् । यद्यपी यसबारे औपचारिक निर्णय गर्न मधेशी मोर्चाको बैठक केहिबेरमा बस्दैछ ।
हाल ५ सय ९७ जना सदस्य रहेको संसदबाट प्रधानमन्त्री चुनीनका लागि कम्तिमा २९९ मत आवश्यक पर्दछ ।
यसैबीच संविधान कार्यान्वयनको लागि पनि एक ठाउँमा उभिने प्रतिबद्धता जनाउँदै आएका मुख्य तीन दल दुई ध्रुवमा बाँडिएका छन् ।
पहिले भएको भनिएको भद्र सहमति विपरीत कांग्रेस सभापति सुशील कोइरालाले उम्मेदवारी दिएपछि दलहरु प्रष्टसँग दुई कित्तामा बाँडिएका छन् ।
कोइरालालाई प्रधानमन्त्री बनाउने पार्टी निर्णयप्रति कांग्रेसकै कतिपय नेता असहम छन् भने एमालेलाई समर्थन गर्ने पार्टीको कदमलाई लिएर एमाओवादीभित्र पनि विवाद छ ।