काठमाडौ २४ असोज । युरोकप २०१६ का लागि इटली, बेल्जियम र वेल्स पनि छनौट भएका छन् ।
छनोट प्रतियोगिता अन्तरगत गएराति सम्पन्न खेलहरुमा जीत हात पारेपछि यी तीनै राष्ट्रले युरोकपमा स्थान पक्का गरेका हुन् ।
समुह एचको इटलीले अजरबैजानलाई ३–१ ले पराजित गर्यो । इटलीका लागि मार्को भराटी, स्टिफन एल शारवे र म्याथियो डार्मियनले एक एक गोल गरे ।
अजरबैजानका लागि दिमित्रिभ नाजरोभले एक गोल फर्काए । यस्तै गएराति नै भएको खेलमा एन्डोरालाई ४–१ ले पराजित गरेको बेल्जियमले समुह बी बाट युरोकपमा स्थान बनाउन सफल भएको छ ।
यस्तै बोस्निया हर्जगोभिनासँग २–० ले पराजित भएपनि वेल्सले समुह बी बाट युरोकपमा स्थान पक्का गरेको छ । वेल्स सन् १९५८ पछि कुनै पनि प्रमुख प्रतियोगिताको अन्तिम चरणमा पुगेको यो पहिलो पटक हो ।
अरु खेलमा साइप्रसले इरालयललाई २–१, नर्वेले माल्टालाई २–० तथा क्रोएशियाले बुल्गेरियालाई ३–० पराजित गरेको छ । टर्कीले चेक रिपब्लिकलाई २–० हराउदा नेदरल्याण्डससँग काजकिस्तान २–१ पराजित भएका छन् । यस्तै आइसल्याण्ड र लात्भियाले २–० को बराबरी खेलेका छन् ।