नाकाबन्दीविरुद्ध सामूहिक भोजन

नाकाबन्दीविरुद्ध सामूहिक भोजन

  • शनिबार, अशोज २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, २३ असोज ।

भारतले गरेको अघोषित नाकाबन्दीको विरोधस्वरुप आज मध्य बानेश्वरका स्थानीयवासीले दाउरामा पकाएर सामूहिक भोजन गरी साङ्केतिक विरोध गरेका छन् ।

“नेताहरु नझुक, हामी जनता साथमा छौँ, अन्याय सहन्नौँ, राष्ट्रियता हाम्रो प्राण हो” भन्ने नाराका साथ काठमाडौँ महानगरपालिका वडा नं १० का स्थानीयवासीले सामूहिक भोजन गरेका हुन् ।

राजनीतिक दलका नेताहरुलाई ‘ग्यास र पेट्रोल’का निहुँमा राष्ट्रिय स्वाभिमान नगुमाउ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले साङ्केतिक विरोधस्वरुप कार्यक्रम आयोजना गरिएको स्थानीय समाजसेवी नवराज गौतमले बताउनुभयो ।

स्थानीय टोलवासीको सहयोगमा आज पहिलो दिन ३०० भन्दा बढीलाई खाना खुवाइएको छ ।

घरमा ग्यास नभएका स्थानीयवासी, मजदुर, विद्यार्थीलगायतलाई नियमित रुपमा खाना खुवाउने व्यवस्था मिलाइएको छ । हरेक दिन बिहान ९ः३० देखि दिउँसो २ बजेसम्म खाना खाने व्यवस्था गरिएको स्थानीय गौतमले बताउनुभयो ।

स्थानीय खुल्ला मैदानमा पाल टाँगेर क्याटरिङको जस्तै गरी दाउराको आगोमा पकाएर खाना खुवाउने व्यवस्था मिलाइएको छ । खानामा दाल, भात, तरकारी र अचारको व्यवस्था छ ।

समाजसेवी बलिभद्र राजभण्डारी, विष्णु भुसाललगायतले बरु जस्तोसुकै कष्ट सहेर बस्ने तर भारतीय नाकाबन्दीको विरुद्ध राष्ट्रिय स्वाभीमान नगुमाउने प्रतिबद्धता जनाउनुभयो ।

यसैबीच, बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालय अगाडि नाकाबन्दीको विरोध र नजिकिएको चाडपर्वको उपलक्ष्यमा दाउरामा पकाएर चियापान गरी साङ्केतिक विरोध पनि गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ