काठमाडौँ, २३ असोज ।
उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संविधानको कार्यान्यवनमा लाग्नु अहिलको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।
बुद्धनगर एकता टोल विकास समितिले विजयादशमी, दिपावली, छठ तथा नेपाल सम्वतको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संविधानको कार्यान्वयनले मुलकलाई स्थिरता र विकासमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आन्दोलनरत तराई मधेश केन्द्रीत दलको माग सुनुवाई गर्नकै लागि समावेशीता, समानुपातिक, निर्वाचन क्षेत्र निर्धारण लगायतका विषय संसोधनको लागि सरकारले व्यवस्थापिका संसदमा संसोधन प्रस्ताव दर्ता गराईसकेको चर्चा गर्दै सम्वादबाट सबै समस्याको हल निकाल्नुपर्नेमा जोड दिनुभयो ।
टोल विकास समितिका अध्यक्ष नैना ढकालले टोलमा खानेपानी, सडक कालोपत्रे, सोलार बत्तिको जडान लगायतका विकास कार्यमा आवश्यक सहायोग गर्न उपप्रधानमन्त्री सिंहलाई ध्यानकर्षण गराउनुभयो ।