काठमाण्डौ,२३ असोज ।
दाङमा केही दिनयता अटो रिक्साको उपयोग बढेको छ । इन्धनको अभावमा हुने समस्यालाई कम गर्न अटो रिक्सा उपयोगी देखिएको छ ।
जम्मा तीन युनिट विद्युत् खर्चमा पूरा चार्ज भई ८० किलोमिटरसम्मको यात्रा तय क्षमता यसको हुन्छ । छोटो दुरीको शहर बजारमा निकै उपयोगी मानिएको छ अटो रिक्सा ।
अहिले पेट्रोलियम पद्धार्थको अभावमा साना यातायातका साधन नचल्दा यात्राका लागि अटो रिक्सा उपयोग गर्नेहरु बढेको अटो रिक्सा चालक यामबहादुर पुनले बताउनुभयो ।
यसले चालकसहित पाँच यात्रु सहजै बोक्न सक्छ । मालबाहक सामान बोक्ने अटो रिक्सा पनि छ । यो बजार क्षेत्रमा सामान ओसारपसार गर्न निकै उपयोगी देखिएको छ । मानिसले चलाउने रिक्साभन्दा अटो रिक्साले काम छिटो हुने मात्र हैन शारीरिक कष्ट पनि हुँदैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline