काठमाडौँ, २३ असोज ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाले शिक्षाको विकासमा समुदायको सहभागिता महत्वपूर्ण हुने बताउनुभएको छ ।
काठमाडौँ शिक्षा क्याम्पसद्वारा विजयादशमी, दीपावली, छठ तथा नेपाल संवत्का अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले समुदायको सहभागितामा सञ्चालित शैक्षिक संस्थाको सफलता सकारात्मक रहेको बताउनु भयो।
सभासद राजेन्द्रकुमार केसीले समुदायको सहभागितामा सञ्चालित काठमाडौँ शिक्षा क्याम्पसले शिक्षाको विकासमा पु¥याएको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।
प्रा डा माधव भट्टराईले क्याम्पसको रु तीन करोड ५० लाखको लागतमा चन्द्रागिरी नगरपालिका वडा नं १५ मा पाँच तले निर्माणाधीन भवन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
विसं २०४८ देखि सञ्चालनमा आएको क्याम्पसले शिक्षाशास्त्रतर्फ स्नातक तथा स्नातकोत्तर तहका विभिन्न विषयमा कक्षा सञ्चालन गर्नुका साथै विभिन्न प्राज्ञिक तालिम, अनुसन्धान र उच्च माध्यमिक तहका कक्षा सञ्चालन गर्दै आएको छ ।