प्रधानमन्त्रीमा कांग्रेसकाबाट कोइरालाको उम्मेदवारी दर्ता

प्रधानमन्त्रीमा कांग्रेसकाबाट कोइरालाको उम्मेदवारी दर्ता

  • शनिबार, अशोज २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ,२३ असोज ।

निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । राष्ट्रपतिसमक्ष राजीनामा बुझाए लगतै कोइरालाले बानेश्वर पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो ।

कोइरालाको प्रस्तावकमा वरिष्ठ नेता शेरबहादुर देउवा र समर्थकमा उपसभापति रामचन्द्र पौडेल रहनु भएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले पार्टीको निर्णय अनुसार उम्मेदवारी दिएको बताउनु भयो ।

बिहान बसेको काग्रेस शिर्ष नेताको बैठकले सुशील कोइरालालाइ नै पुन प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरवहादुर देउवावीच सहमति भएपछि सोहि अनुसार कंग्रेसले उम्मेदवारी दर्ता गरेको हो ।

बैठकमा कोइरालाले आफु उम्मेदवार भए मधेसकेन्द्रित दलले समेत सहयोग गर्ने आश्वासन दिएको भन्दै आफैलाइ प्रस्ताव गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी