प्रधानमन्त्रीका लागि ओलीको उम्मेदवारी दर्ता

प्रधानमन्त्रीका लागि ओलीको उम्मेदवारी दर्ता

  • शनिबार, अशोज २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ,२३ असोज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि उम्मेदवारी  दर्ता गर्नुभएको छ । संसद सचिवालयमा दर्ता गरिएको उम्मेदवारीको प्रस्तावक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल रहनु भएको छ ।

समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा हुनहुन्छ । ओलीको समर्थनमा साना र ठूलासहित २५ दल रहेको एमाले नेताले बताएका छन ।

संसद सचिवालयमा आज विहान ११ बजे देखि अपराह्न चार बजेसम्म दलहरुले उम्मेदवारी दर्ता गर्नु पर्ने संसद सचिवालयले जनाएको छ । अपराह्न साढे चार बजेपछि सचिवालयले दर्ता भएको उम्मेदवारहरुको नामावली सार्वजनिक गर्ने सहायक प्रबक्ता सुर्दशन कुइकेलले जानकारी दिनुभयो ।

भोली विहान ११ बजपछि नयाँ प्रधानमन्त्रीको चुनाव हुने संसद सचिवालयले जनाएको छ । ३ वा ३ भन्दा बढि उम्मेदवार भएर पहिलो चरणमा कसैले आवश्यक बहुमत प्राप्त गर्न नसके बढि मत प्राप्त गर्ने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी