काठमाडौ २३ असोज ।
रेडबुल राष्ट्रिय लिग फुटबलमा आज थ्रि स्टार क्लब र झापा ११ बिच प्रतिस्पर्धा हुँदैछ ।
लिग तालिकामा दोस्रो स्थानको थ्रिस्टार र चौथो स्थानको झापा ११ सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आमेनसामने हुनेछन ।
थ्रिस्टारको १३ खेलबाट २६ अंक छ भने चौध खेल खेलेको झापा ११ को २४ अंक छ । प्रतियोगिताको अहिलेसम्मको यात्रामा थ्रिस्टारले १ खेल गुमाउदा झापा ११ ले ४ खेलमा हार बेहोरेको छ ।
खेल अपरान्ह ३ बजे सुरु हुनेछ । हिजोको खेलमा सूदुरपश्चिम विरुद्ध ७–० गोल अन्तरको फराकिलो जित निकाल्दै १४ खेलबाट २७ अंक सहित विभागिय टोली आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
एक खेल कम खेलेको मनाङ मर्यास्ङ्दी २५ अंक सहित तेस्रो स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline