काठमाण्डौ,२३ असोज ।
काठमाडौ कोटेश्वरमा गएराती भएको आगलागीमा परेर तीन जनाको मृत्यु भएको छ ।
कोठामा सञ्चित गरेर राखेको पेट्रोल सार्ने क्रममा नजिकै बलिरहेको मैनबत्ती सल्केर अचानक आगो लाग्दा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
कोटेश्वर स्थित ट्राफिक प्रहरी बिट पछाडि भएको आगलागीमा परेर रामेछाप लखनपुर–८ का ३२ वर्षीय लेखराज श्रेष्ठ, उनकी २८ वर्षीया श्रीमती देउकी र आठ वर्षीया छोरी जेनिशाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
मृतकमध्ये लेखराजको घटनास्थलमै र उनकी श्रीमती र छोरीको उपचारका क्रममा कीर्तिपुरस्थित मोडल अस्पतालमा मृत्यु भएको हो । मृतक लेखराज ट्याक्सी चालक थिए । आगलागीमा परेर गम्भीर घाइते भएका एक वर्षीय बालक युनिस श्रेष्ठको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline