काठमाण्डौ,२३ असोज ।
नेपाली कांग्रेसले बर्तमान प्रधानमन्त्री सुशील कोइरालालाइ नै पुन प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । काग्रेस शिर्ष नेताको बिहान बसेको बैठकले पार्टी सभापति समेत रहेका कोइरालालाइ नै उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरवहादुर देउवावीच सहमति भएपछि सोहि अनुसार कंग्रेसले आज उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । छलफलमा प्रधानमन्त्री कोइरालाले आफु उम्मेदवार भए मधेसकेन्द्रित दलले समेत सहयोग गर्ने आश्वासन दिएको भन्दै आफैलाइ प्रस्ताव गर्नुभएको थियो ।
मुख्य तीन नेताबीच भएको सहमति अनुमोदनका लागि केन्द्रिय कार्यसमितिको बैठक बस्ने भनिएपनि स्थगित गरिएको छ । तीन नेता मिलेकाले केन्द्रिय समिति आवस्यक नभएको एक नेताले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline