काठमाडौ २३ असोज ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाटमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बर्दघाट–२ चिसापानी स्थित रोकिराखेको लु १ त ७४ ०२ नम्बरको ट्रयाक्टरमा अनटेस्ट लेखिएको स्कुटर ठोक्किँदा स्कुटरको पछाडि सवार दुम्किबासका २० वर्षीय अमृत गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालक दुम्किबासका १९ वर्षीय अंगज गुरुङ गम्भीर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको नवलपरासी प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline