मुख्य भन्सार नाकाबाट आज पनि इन्धन आयात ठप्प

मुख्य भन्सार नाकाबाट आज पनि इन्धन आयात ठप्प

  • शनिबार, अशोज २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, २३ असोज ।

भारतको अघोषित नाकाबन्दीका कारण मुलुकका मुख्य भन्सार नाकाबाट आज पनि इन्धनलगायतका सामाग्रीको आयात ठप्प छ । पेट्रोलियम पदार्थले भरिएका सयौं सवारी–साधन अझै पनि भारतीय भूमिमै रोकिएका छन् ।

मुलुकको सबैभन्दा ठूलो वीरगन्ज भन्सार नाका भने आज १७ औं दिन पनि ठप्प छ । मधेसी मोर्चाका कार्यकर्ताले रक्सौलनजिकै मितेरी पुलमा धर्ना र अवरोध जारी राखेका कारण यो नाकाबाट कुनै पनि सवारी–साधन भित्रिएका छैनन् ।

उता अर्को प्रमुख नाका भैरहवाबाट ६ दिनयता कुनै पनि पेट्रोलियम पदार्थका ट्यांकर नेपाल भित्रन सकेका छैनन् ।

यसैबीच झापा र नेपालगन्ज नाका भएर एत राति २५ वटा इन्धनका गाडी नेपाल भित्रिएका छन् । झापाको काँकडभिट्टा नाका भएर १५ वटा डिजेल, चार वटा पेट्रोल र दुई वटा हवाई इन्धन बोकेका गाडी नेपाल भित्रिएका हुन् ।

यस्तै नेपालगञ्ज नाका भएर तीन वटा डिजेलका ट्याङकर र एउटा ग्यास बुलेट नेपाल प्रवेश गरेको छ । यी दुई नाका बाहेक अरु नाकाबाट भने इन्धन बोकेका गाडी भित्रिएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी