काठमाडौ २३ असोज ।
नेपालगन्जबाट रुकुम जाँदै गरेका तीन वटा रात्रिबसलाई हतियार देखाएर लुटपाट गर्ने गिरोहका नाइकेलाई प्रहरीले हिजो बेलुका पक्राउ गरेको छ ।
राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार राप्ती अञ्चल प्रहरी प्रमुख प्रेम चन्दको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले सल्यानको स्विकोट गाविसको खालखोला जङ्गलबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जाजरकोट–८ खलङ्गाका सविन राना रहेको छ । सो क्रममा प्रहरीले पाँच राउण्ड फायर गरेको प्रमुख प्रेम चन्दले जानकारी दिनुभयो । रानाको साथबाट रु एक लाख नगद, छ थान मोबाइल सेट, दुई थान हतियार र ६ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
सल्यानको स्विकोट गाविस–२ बारुले भन्ने स्थानमा कमब्याक डे«स लगाएर आएका लुटेराले नेपालगन्जबाट रुकुमतर्फ जाँदै गरेका ना ४ ख ५९७, ना ४ ख ६३ ८३ र ना ४ ख १३ १७ नम्बरको रात्रिबसमा पेस्तोल र खुकुरी देखाएर नगद रु १० लाख, ५२ थान मोबाइल सेट लुटेर लगेकोे सल्यान प्रहरीले जनाएको छ ।