ग्यास अभाव भएपछि होटल व्यवसाय धमाधम बन्द हुदै

ग्यास अभाव भएपछि होटल व्यवसाय धमाधम बन्द हुदै

  • शनिबार, अशोज २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौ, २३ असोज । 

भारतको अघोषित नाकाबन्दीका कारण ग्यास आपूर्ति रोकिएपछि सदरमुकाम र राजमार्गमा सञ्चालित होटल धमाधम बन्द हुने अवस्थामा पुगेका छन् ।

लामो समयदेखि ग्यास आपूर्ति बन्द भएको र राजमार्ग क्षेत्रमा सञ्चालित ग्यास डिपोले ग्यास उपलब्ध नगराएपछि होटलले ग्राहकको मागअनुसारको परिकार उपलब्ध गराउन नसकेको होटल व्यवसायी सङ्घले जनाएको छ ।

सदरमुुकामस्थित होटल हिमालयनमा खाजा खान पुगेका नेपाल रेडक्रसका रमेश अधिकारीले ग्यास नभएकाले खाजा खुवाउन नसक्ने होटलले भनेपछि पानी र जुस खाएर फर्किनुपरेको बताउनुभयो ।

राजमार्गमा यात्रुका लागि लक्षित गरी सञ्चालन गरिएका होटल ग्यास नभएपछि खानाका परिकार घटाउन थालेका छन् । एक सय हाराहारीमा रहेका यात्रु होटलमध्ये आधाले पसल नै बन्द गरिसकेका छन् भने आधाले दाउरा खोजेर खाना बनाइरहेको देख्न सकिन्छ ।

सदरमुकामका होटलमा पनि ग्यास सकिएपछि होटल जिविकाले दाउराबाट खाना पकाएर ग्राहकको चाहना पूरा गरिरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ