युरोकप छनौट प्रतियोगितामा इंग्ल्याण्डको शतप्रतिशत नतिजा

युरोकप छनौट प्रतियोगितामा इंग्ल्याण्डको शतप्रतिशत नतिजा

  • शनिबार, अशोज २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, २३ असोज ।

इंग्ल्याण्डले युरोकप २०१६ को छनौट प्रतियोगितामा शतप्रतिशत नतिजा निकालेको छ ।

युरोकपका लागि यस अघि नै स्थान पक्का गरेको इंग्ल्याण्डले शुक्रबार भएको खेलमा इस्टोनियालाई २–० ले हराउँदै छनौट प्रतियोगिताका सबै ९ खेलमा जित निकालेको हो ।

गएराति सम्पन्न खेलको ४५ औं मिनेटमा थियो वालकोटले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ८५ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै इंग्ल्याण्डलाई २–० को जित दिलाए । कप्तान वायन रुनी चोटका कारण शुक्रबार रातिको खेलमा मैदानमा उत्रिएका थिएनन् ।

समुह इ को विजेता बनेको इंग्ल्याण्डको ९ खेलबाट २७ अंक भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी