आर्मीले सुदूरपश्चिमाञ्चलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा

आर्मीले सुदूरपश्चिमाञ्चलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा

  • शनिबार, अशोज २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौँ, २२ असोज । राष्ट्रिय लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मोफसलको टोली सुदूपश्चिमाञ्चल फुटबल क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ ।

सातदोबोटस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । यस जितसँगै आर्मीले २७ अङ्क जोडेको छ ।

त्यसैगरी थ्रीस्टार क्लब २६ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ भने मनाङ–मस्र्याङ्दी क्लब २३ अङ्कका साथ लिगको तेस्रो स्थानमा छ ।

आर्मीको जितमा भरत खवासले खेलको पहिलो हाफको ३४औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । त्यस्तै खवासले गोल गरेको करिब चार मिनेट पनि बित्न नपाउँदै आर्मीकै अर्का खेलाडी टङ्क बस्नेतले खेलको ३८औँ मिनेटमा एक गोल थपे ।

खेलको पहिलो हाफसम्म २–० ले अगाडि रहेको आर्मीले दोस्रो हाफमा पाँच गोल थप्यो । खेलको ४९आँै मिनेटमा दीप लामा, ७९औँ मिनेटमा टेकबहादुर बुढाथोकी र खेलको ८१औँ मिनेटमा राजु तामाङले एक÷एक गोल गरे ।

त्यसैगरी खेलको ८४ र ८७ औँ मिनेटमा आर्मीका अर्का खेलाडी नवयुग श्रेष्ठले दुई गोल थपेपछि आर्मीले सुदूरपश्चिमाञ्चलमाथि ७–० को सहज जित हात पा¥यो ।

खेलपछि आर्मीका प्रशिक्षक मेघराज केसीले प्रतियोगितामा आफ्नो टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको टिप्पणी गर्नुभयो । त्यस्तै सुदूरपश्चिमाञ्चलका प्रशिक्षक किरण श्रेष्ठले प्रतियोगितामा खेलाडीले आफूले सोचेअनुरुपको खेल प्रदर्शन गर्न नसकेकामा दुःख व्यक्त गर्नुभयो ।

भोलि शनिबार थ्रीस्टार क्लब र मोफसलको टोली झापा फुटबल क्लब आमनेसामने हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी