धरान, २२ असोज ।
पुर्वी नेपालको पर्यटन ब्यवसायलाई प्रबधन गर्नै उदेश्यले धनकुटाको भेडेटारबाट आउदो आईतबारबाट प्याराग्लाईडीङको ब्यवसाहिक उडान भर्नै भएको छ ।
आज धरानको पत्रकार महासंघको सभाहलमा एक पत्रकार सम्मेलनको आयोजना गरि आउदो असोज २४ गते आईतबारबाट ब्यवसायिक उडान भर्न लागेको धरान स्काई एडभेन्चर एण्ड हर्ष ग्लाईडिङका सञ्चालक निर्मल आचार्यले जानकारी दिनुभयो ।
उहाले धनकुटाको भेडेटार,छोटी मोरङबाट उडान भरि धरान १६ स्थित नौलो बस्तीमा पुयाई अवतरण गरिनेछ । ब्यावसायिक रुपमा दैनिक ३० देखी ३५ मिनेटको उडान भर्नै कम्पनीका अर्का सञ्चालक मधुसुधन अधिकारीले जानकारी दिनुभयो ।
उहाका अनुसार प्याराग्लाईडिङका लागी पोखरा देशमै उत्कृट स्थान मानिएपनि पोखरामा बन्न लागेको बिमान स्थलका कारण अवको सम्भावना पुर्वी नेपालको भेडेटार नै रहेको दावी समेत गर्नुभयो ।बिभिन्न पाईलटहरुको सर्बैक्षणमा सञ्चालन गर्न लागेको सो प्याराग्लाईडिङ दैनिक ६ बटा उडान भर्नै सञ्चालक आचार्यले बताउनुभयो ।
एक उडानमा एक पाईलट सहित २ जनाको सहभागिता रहने प्रत्येक उडानको ५ हजार रुपैया पर्नै आचार्यले बताउनुभयो । जसका लागी पोखराबाट ५ जना र काठमाडौबाट १ जना गरि ६ जना पाईलट ल्गाई सकेको प्याराग्लाईडिङका अर्का सञ्चालक अधिकारीले बताउनुभयो ।