काठमाडौ २२ असोज ।
राष्ट्रपति डा. रामवरण यादवले भावी प्रधानमन्त्रीको चयन बहुमतिय प्रक्रियाबाट गर्न आव्हान गर्नुभएको छ ।
राष्ट्रिय सरकार गठनका लागि दिएको एक साताको समयसीमा सकिएपछि राष्ट्रपति कार्यालय द्धारा आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको निर्वाचन बहुमतिय प्रक्रियाबाट गर्न आव्हान गर्नुभएको हो ।
राष्ट्रिय सरकार गठन उल्लेखित समयभित्र राजनीतिक सहमतिका आधारमा नभएकाले संविधानको धारा २ सय ९८ को उपधारा ३ अनुसार प्रधानमन्त्रीको निर्वाचन बहुमतिय प्रक्रिया सुरु गर्न राष्ट्रपति यादवले आग्रह गर्नुभएको हो ।
यसैवीच, राष्ट्रपतिको आव्हानपछि आज दिउसो १ बजे ब्यबस्थापिका संसदको बैठक बस्दै छ । संसद बैठकमा प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिबाट प्राप्त पत्र सभामुख सुबास चन्द्र नेम्वाङले पढेर सुनाएपछि प्रधानमन्त्री निर्वाचनको मिति घोषणा गरी संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने बताइएको छ ।