काठमाडौ २२ असोज ।
भारतले गरेको अघोषित नाकाबन्दी र पेट्रोलियम पदार्थ तथा अति आवश्यकीय वस्तुको आपूर्ति सहज बनाउनका लागि भारतसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।
मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा मुख्य सचिव र वाणिज्य सचिव सदस्य रहनेगरी समिति गठन गरेको हो ।
यस्तै पेट्रोलियम पदार्थ आयातका लागि वैकल्पिक मार्ग पहिल्याउन आपूर्तिमन्त्री सुनीलबहादुर थापाको संयोजकत्वमा मुख्य सचिव र वाणिज्य सचिव रहेको अर्को समिति पनि गठन भएको छ ।
वैकल्पिक उर्जाको अध्ययनका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा अर्थ सचिव र आपूर्ति सचिव सदस्य रहेको अर्काे समिति पनि गठन भएको छ ।
मन्त्रिपरिषद बैठकले नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनको महाप्रबन्धकबाट पूर्णशंकर बिसीलाई बर्खास्त गरी सत्यनारायण मेहतालाई नियुक्ति गर्ने निर्णय समेत गरेको छ ।