धनकुटामा दशैंको चहलपहल छैन

धनकुटामा दशैंको चहलपहल छैन

  • शुक्रबार, अशोज २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, असोज २२ । 

नेपालीहरुको महान चाड वडा दशैं नजिकिदै गर्दा यस बर्ष धनकुटावासीमा दशैंको कुनै उत्सह देखिएको छैन ।

सोह्र श्राद्ध शुरु भएसँगै प्रायः दशैंको चहलपहल बढ्ने गरेको भएपनि यो बर्ष सोह्र श्राद्ध सकिने बेला हु“दासमेत बजार सुनसान छ ।

अघिल्ला बर्षहरुमा दशैंका लागि गाउ“गाउ“बाट बजारमा किनमेल गर्न आउने सर्वसाधारणको निक्कै भिड हुने गरेकोमा यो बर्ष धनकुटा बजार, हिले, सिदुवा, पाख्रिबास लगायतका बजारमा सुनसान देखिएका छन् ।

तराईमा भईरहेको बन्द, हडताल तथा आन्दोलनका कारण माग अनुसारका सामान समेत ल्याउन ब्यापारीले पाएका छैनन् ।

यता पेट्रोलियम पदार्थको अभाव र बन्द हड्तालका कारण यातायात ब्यवसायीमा देखिने उत्साह समेत यो बर्ष देख्न पाईदैन ।

दशैं मनाउन गाउँघर फर्कने सर्वसाधारणले खचाखच भरिएका यातायातका साधन गुड्ने सडक समेत सुनसान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ