साहित्यकार सुवेदीलाई अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार

साहित्यकार सुवेदीलाई अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार

  • शुक्रबार, अशोज २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाण्डौ,२२ असोज ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिका अनेसासले हरेक दुई दुई वर्षमा प्रदान गर्दै आइरहेको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार– २०१५ म्याग्दीका साहित्यकार रामप्रसाद सुवेदीलाई प्रदान गर्ने भएको छ ।

साहित्यकार सुवेदीको म्याग्दी स्रष्टा र सृष्टि समालोचना कृति धौलागिरि अञ्चलका साहित्यकारका कृतिमध्ये सबैभन्दा उत्कृष्ट कृति रहेको ठहर गर्दै एक हजार ५०० यु एस डलर नगद, थप १०० डलर बराबरको आजीवन सदस्यता र सम्मानपत्रका साथ उहाँलाई सो पुरस्कार प्रदान गर्ने अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले जानकारी दिनुभयो ।

साहित्यकार सुवेदीसहित संसारभरि छरिएर रहेका नेपाली साहित्यकारमध्ये विभिन्न विधाका दुई दर्जनभन्दा बढी साहित्यकार पनि पुरस्कृत हुने अनेसासले जनाएको छ ।

अनेसासद्वारा घोषणा भएका सम्पूर्ण पुरस्कार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा प्रदान गरिने संस्थापक अध्यक्ष सुवेदीले बताउनुभयो ।

नेपाल र नेपालीलाई भाषा साहित्यको माध्यमबाट अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र नेपाललाई गौरवान्वित बनाउनमा विशेष योगदान दिने साहित्यकार स्रष्टाहरुलाई प्रदान गरिने सो पुरस्कारबाट पुरस्कृत कृतिलाई यस वर्षदेखि अङ्ग्रेजी भाषामा अनुवाद गरी बिक्री वितरणको व्यवस्था पनि अनेसासले नै मिलाउने बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी