काठमाण्डौ,२२ असोज ।
आन्दोलनरत मधेसी मोर्चाले भारतीय भूमिबाट नेपाली नागरिक र प्रहरीमाथि साङ्घातिक आक्रमण गरेपछि नेपालस्थित सुरक्षा निकायले नेपाली नागरिकलाई आज बिहानदेखि भारतीय बजार सुनौली जान रोक लगाएको छ।
आन्दोलनरत मधेसी मोर्चा भारतीय भूमिमा बजार गर्न गएका नेपाली नागरिक रुपन्देहीको तिलोत्तमा नगरपालिका भलवारीका कृष्ण विष्टमाथि कुटपिटको घटनापछि सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्मका लागि सुनौली जानबाट रोक लगाएको प्रहरीले जनाएको छ ।
प्रहरीले अत्यावश्यक कामबाहेक भारतीय बजार किनमेलका लागि अथवा अन्य कार्यका लागि भारत जानेहरुलाई कडाइ गर्न थालेको हो । आन्दोलनरत मधेसी मोर्चाले चर्काएको आन्दोलनमा पहाडीमूलका नेपाली निसानामा पर्न थालेपछि सीमामा कडाइ गरिएको प्रहरी उच्च स्रोतको भनाइ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline