एमाओवादी स्थायी समितिको बैठक बस्दै

एमाओवादी स्थायी समितिको बैठक बस्दै

  • शुक्रबार, अशोज २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ २२ असोज ।

नयाँ सरकार गठनका विषयमा छलफल गर्न एकिकृत नेकपा माओवादी स्थायी समिति बैठक आज बस्दैछ ।

लाजिम्पाट स्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा केहीबेरपछि बस्ने बैठकले भावी प्रधानमन्त्रीका लागि कसलाई समर्थन गर्ने भन्ने विषयमा औपचारिक निर्णय गर्ने बताइएको छ ।

यसअघि पदाधिकारी बैठकले सहमतिय सरकार गठन गर्नुपर्ने भन्दै प्रमुख चार दलबीच भएको भनिएको भद्रसहमति अनुसार नै अघि बढ्नुपर्ने निर्णय गरेको थियो ।

पदाधिकारी बैठकको सहमति अनुसार नै आजको स्थायी समितिले भावी सरकारमा एमालेलाई समर्थन गर्ने औपचारिक निर्णय गरिने नेता अग्नी सापकोटाले बताउनुभयो ।

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन हुने निश्चित भएपछि एमाओवादीले नयाँ सरकारमा सहभागी हुन केही सर्तसमेत अघि सार्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी