कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्दै

कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्दै

  • शुक्रबार, अशोज २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २२ असोज ।

प्रधानमन्त्रीको उम्मेदवारी दिने वा एमालेलाई समर्थन गर्ने भन्ने बारेमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्ने बैठकमा हिजो बोल्न बाँकी रहेका सदस्यहरुले आज धारणा राख्नेछन ।

अहिलेसम्म बोल्ने मध्ये अधिकांश सदस्यहरुले एमालेलाई एमालेलाई समर्थन नगरी आफ्नै पार्टीबाट उमेदवारी दिनुपर्ने धारणा राखेका छन् ।

आफै उमेदवारी दिने अवस्थामा पार्टीका तर्फबाट कसलाई अघि सार्ने भन्ने विषयमा पनि कांग्रेसले आजै निर्णय गर्ने बताइएको छ । भावी प्रधानमन्त्रीका लागि वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले दावी गर्नुभएको छ ।

प्रधानमन्त्री शुसिल कोइराला अर्को कार्यकालका लागि आकांक्षी रहेपनि खुलेर अघि नसर्नु भएको केन्द्रीय सदस्यहरुले बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी