म्याग्दी, २२ असोज ।
जिल्ला अदालत म्याग्दीले पछिल्लो एक दशकयता गरेका फैसलाअनुसार रु २१ लाख ५० हजार जरिवाना र ७९३ वर्ष कैद सजाय असुल गर्न बाँकी देखिएको छ ।
अदालतले विभिन्न समयमा गरेका फैसलाअनुसार रु २१ लाख ५१ हजार ४८६ जरिवाना र ७९३ वर्ष १० महिना २७ दिन कैद सजाय असुल गर्न बाँकी रहेको जनाएको छ ।
जनशक्तिको कमी, पुराना मुद्दाका दोषी चिन्न नसक्नु, बसाइँ सराइ र भागेकाले दण्ड जरिवाना असुल उपर गर्न समस्या भएको जिल्ला अदालत तहसिल शाखाका नायब सुब्बा दयाबहादुर पौडेलले बताउनुभयो ।
गत आव ०७१÷७२ मा रु १० लाख ६३ हजार ८९५ जरिवाना र २३४ वर्ष तीन महिना तीन दिनको कैद असुल भएको थियो । पछिल्ला वर्षहरुमा भएका फैसलाका दोषीबाट दण्ड जरिवाना असुल गर्न सकिए पनि पुराना फैसला कार्यान्वयनमा समस्या भएको सुब्बा पौडेलले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline