सरकार गठनका लागि बहुमतिय प्रक्रिया सुरु हुँदै

सरकार गठनका लागि बहुमतिय प्रक्रिया सुरु हुँदै

  • शुक्रबार, अशोज २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,२२ असोज ।

नया सरकार गठनका लागि आजबाट बहुमतिय प्रक्रिया सुरु हुदैछ । राष्ट्रपतिले सहमतीय सरकार गठनको लागि दिएको समयसीमा सकिएसँगै संसद्ले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउन लागेको हो ।

त्यसका लागि आज दिउसो १ बजे ब्यबस्थापिका संसदको बैठक बस्दै छ । संसद बैठकमा प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिबाट प्राप्त पत्र सभामुख सुबास चन्द्र नेम्वाङले वाचन गरेपछि प्रधानमन्त्री निर्वाचनको मिति घोषणा गरी संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने बताइएको छ ।

सचिवालयले भोली नै प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ताको कार्यसूचि बनाउने तयारी गरेको सहायक प्रबक्ता सुर्दशन कुइकेलले जानकारी दिनुभयो । आइतबार सम्ममा प्रधानमन्त्री चयनका लागि संसदमा मतदान हुने तयारी रहेको स्रोतले जनाएको छ ।

सहमति सरकार गठनका लागि संसदमा रहेका सबै दलको सहमति र समर्थन चाहिन्छ तर तराईमा भैरहेको आन्दोलनले मधेसवादी दलको समर्थन नरहने निश्चित भएपति दलहरुले सहमतीय सरकार गठनका लागि पहल पनि गरेका थिएनन ।

५ सय ९८ सदस्य बहाल रहेको सदनबाट प्रधानमन्त्री पदमा निर्वाचित हुन कम्तीमा २ सय ९९ मत आवश्यक पर्छ । सदनमा रहेका प्रमुख तीन दलबीच सहमति नभएमा कांग्रेस, एमाले र एकीकृत माओवादीमध्ये कुनै दुई दलको गठबन्धनले राप्रपा नेपाल, राप्रपासहित साना दलको समर्थन जुटाउनुपर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी