राष्ट्रिय लिग फुटबल– एपिएफ विजयी

राष्ट्रिय लिग फुटबल– एपिएफ विजयी

  • बिहिबार, अशोज २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ, २१ असोज । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले मोफसलको टोली लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा एपिएफले लुम्बिनीमाथि ५–१ को सहज जित निकाल्यो । जितसँगै एपिएफ २३ अङ्कका साथ लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

एपिएफको जितमा गणेश लावतीले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमा दुई गोल गरे भने दोस्रो हाफमा एक गोल थपे । लावतीले खेलको पाँचौ मिनेट र पहिलो हाफको अत्तिरिक्त समय (४५ प्लस १ मिनेट)मा दुई गोल गरे । त्यस्तै खेलको ५६ औँ मिनेटमा पुनः एक गोल थप्दै आफनो नाममा व्यक्तिगत दुई गोल गरे ।

त्यसैगरी एपिएफका खेलाडी श्याम नेपालीले खेलको पहिलो हाफको आठौ मिनेट र एपिएफका अर्का खेलाडी सन्तोष श्रेष्ठले खेलको ८० औँ मिनेटमा एक–एक गोल गरे ।

त्यस्तै लुम्बिनीको लागि भने सुमन हमालले खेलको ३७ औँ मिनेटमा एक सान्त्वना गोल फर्काएका थिए । यस हारसँगै लुम्बिनी आठ अङ्कका साथ लिगको आठौँ स्थानमा छ ।

शुक्रबार त्रिभुवन आर्मी क्लबले मोफसलको टोली सुदूरपश्चिमाञ्चल फुटबल क्लबको सामना गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी