भाषा परीक्षामा करिब साढे आठ हजार परीक्षार्थी उत्तीर्ण

भाषा परीक्षामा करिब साढे आठ हजार परीक्षार्थी उत्तीर्ण

  • बिहिबार, अशोज २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

 

काठमाडौँ, २१ असोज । दक्षिण कोरिया जानका लागि लिइएको छैटौं इपिएस भाषा परीक्षामा आठ हजार ४९० जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

नेपाल सरकार र कोरिया सरकारबीच भएको सम्झौताअनुसार नेपाली कामदारलाई रोजगारीका लागि कोरिया लैजान लिइने प्रारम्भिक भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रतर्फ पाँच हजार आठ सय १७ र कृषि तथा पशुपालनतर्फ दुई हजार ६७३ जना परीक्षार्थी उत्तीर्ण भएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ ।

भाषा परीक्षा उत्तीर्ण भएका सबै व्यक्तिले सीप परीक्षण परीक्षामा सहभागी हुन पाउने छन् । भाषा परीक्षा उत्तीर्ण व्यक्तिको स्वास्थ्य परीक्षण, रोजगार आवेदन फाराम तथा सीप परीक्षणलगायत कार्यहरु मङ्सिर महिनाको पहिलो हप्तादेखि सञ्चालन हुने र यससम्बन्धी विस्तृत विवरण छिटै प्रकाशित गरिने शाखाले जनाएको छ ।

उत्तीर्ण हुनेले रोजगार आवेदन फारम भर्नका लागि अनिवार्य रुपमा मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) पेस गर्नुपर्ने, प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षणमा सफल भएका व्यक्तिले मात्र रोजगार आवेदन फारम भर्र्न सक्ने शाखाले जनाएको छ ।

उत्तीर्ण भएका व्यक्तिहरुको विवरण इपिएस कोरिया शाखाको वेभसाइट धधध।भउकलभउब।िनयख।लउ, कार्यालयको सूचनापाटी, वैदेशिक रोजगार विभागको वेभसाइट धधध।मयाभ।नयख।लउ, कोरियाको मानव संसाधन विभागको वेभसाइट धधध।भउक।नय।पच बाटसमेत हेर्न सकिने शाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी