नाकाबन्दी अमानवीय : भट्टराई

नाकाबन्दी अमानवीय : भट्टराई

  • बिहिबार, अशोज २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

नेपालगन्ज, २१ असोज । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकलाई बाह्य दबाबबाट मुक्त गर्न आवश्यक रहेको बताउनु भएको छ ।

आज नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाटका अवसरमा उहाँले राष्ट्रिय एकता बलियो बनाउँदै २०० वर्षदेखि नेपालमाथि भइआएको बाह्य हस्तक्षेप अन्त्य गर्ने समय आएको छ भन्नुभयो । अहिले भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दी निन्दनीय र अमानवीय भएको बताउँदै उहाँले यसको मुकाबिला सबैले मिलेर गर्नुपर्नेमा जोड दिनु भयो ।

संविधान जारी भएपछि मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशामा उन्मुख गराउने उद्देश्यका साथ आफूले एमाओवादी पार्टी परित्याग गरेको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, “मुलुकलाई अब नयाँ राजनीतिक शक्ति चाहिएको छ । त्यो शक्ति अब छिट्टै निर्माण हुन्छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ