काठमाडौं, २१ असोज ।
गत बैसाख १२ गतेको विनाशकारी भुकम्प पछि पराकम्पहरु जाने क्रम अझै रोकिएको छैन । यसैक्रममा बिहीबार दिउसो उपत्यकामा भूकम्पको कडा धक्का महसुस भएको छ ।
दिउसो ठिक १ बजे ललीतपुरको लेले केन्द्रविबनदु भएर ४ रेक्टरस्केलको पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले काठमाडौं उपत्यकाको केही क्षेत्रमा घरसमेत हल्लाएको छ ।
यस अघि बुधबार विहान ५ बजेर १५ मिनट जाँदा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको पराकम्प गएका थियो भने मंगलबार साझ ५ बजेर ४७ मिनट जादा दोलखा नै केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टरस्केलको पराकम्प गएकोे मापन केन्द्रको भनाई छ ।
ठुलो भुकम्प पश्चात स साना पराकम्पहरु आउन स्वभाविक रहेको भन्दै नआत्तिन तर सचेत रहन केन्द्रले आग्रह गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
