भारतले मधेस आन्दोलनको विषयमा औपचारीक धारणा सार्बजनिक गर्दै

भारतले मधेस आन्दोलनको विषयमा औपचारीक धारणा सार्बजनिक गर्दै

  • बिहिबार, अशोज २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २१ असोज ।

भारत सरकारले आज नेपालमा लगाएको नाकाबन्दी, संविधान संसोधन र मधेसको आन्दोलनको विषयमा औपचारीक धारणा सार्बजनिक गर्ने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालको सम्बन्धमा उत्पन्न समस्याको समाधानको उपाय खोज्ने जिम्मेवारी पाएका गृहमन्त्री राजनाथ सिंहले नेपालको विषयमा ठोस धारणासहित निर्णायक छलफल गर्न लाग्नुभएको हो ।

गृहमन्त्री सिंहले छलफलको लागि विदेशमन्त्री शुष्मा स्वराज, विदेशसचिव एस जयशंकर, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित दुबल र नेपाल डेस्क प्रमुख अभय ठाकुरलाई बोलाउनु भएको छ ।

बैठकले अघोषित नाकाबन्दीलाई खुकुलो बनाउन दुबै देशका सुरक्षा संयन्त्रवीच छलफल गरेर बातावरण निर्माण गरेर अघि बढ्ने सोच बनाएको स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी