काठमाण्डौ,२१ असोज ।
झापामा आफ्नै साथीको घाँटी रेटेर हत्या गरेको अभियोगमा चारजना पक्राउ परेका छन ।
शनिअर्जुन नगरपालिका राम तामाङ, राजेश खड्का, दीपक तामाङ र मिलन काफ्ले पक्राउ परेका हुन । उनीहरुमध्ये राम तामाङलाई झापाको काँकडभिट्टा र अन्य तीनजनालाई शनिअर्जुन नगरपालिकाबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
कनकाई नगरपालिका–७ स्थित विरिङ पुलमा बुधबार घाँटी रेटेर शनिअर्जुन नगरपालिका–८ निवासी २४ वर्षीय जीतबहादुर भनिने डिकबहादुर विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले बताउनुभयो ।
पक्राउ परेकालाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको जानकारी पनि उहाँले दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline