काठमाण्डौ,२१ असोज ।
नाकाबन्दीको विरोध गर्दै पर्वतका गाउँगाउँमा सञ्चालन गरिएको हस्ताक्षर संकलन अभियानमा २७ हजार ५०० हस्ताक्षर संकलन भएका छन ।
एमाले निकट अनेरास्ववियु पर्वतले गत बिहीबारदेखि जिल्लाका गाउँ गाउँमा हस्ताक्षर अभियान सुरु गरेको थियो । एक सातासम्म जिल्लाका गाउँ गाउँमा पुगेर संकलन गरिएका हस्ताक्षर पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीमार्फत भारतीय दूतावासमा पठाइएको छ ।
हस्ताक्षर बुझाउँदै विद्यार्थीले नेपाली जनताकै चाहनअनुसार नेपालमा नयाँ संविधान जारी भएको सन्दर्भमा भारतले नाकाबन्दी र हस्तक्षेप गर्न नमिल्ने बताएका छन । उनीहरुले अहिले देखिएको समस्या तत्काल समाधान गरी मित्रराष्ट्रसँगको सम्बन्ध सुमधुर बनाउन पनि आग्रह गरेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline