काठमाण्डौ,२१ असोज ।
भैरहवाको गौतमबुद्ध विमानस्थल नजिकै आज बिहान शक्तिशाली विस्फोटक पदार्थसहितको बम विस्फोट भएको छ ।
विमानस्थल नजिकै रहेको घाग्रा खोलाको पुलमा बिहान साढे २ बजे पेट्रोल, डिजेललगायतका विस्फोट हुने सामग्री टायरमा बेरेर विस्फोट गराइएको रुपन्देही प्रहरीले जनाएको छ ।
विस्फोटबाट स्थानीयवासी त्रसित भएका थिए । विस्फोट किन र कसले गरायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विस्फोटक पदार्थ ठूलो आवाज आउने किसिमको भए पनि त्यसले कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline