सहमतीय सरकार गठनका लागि दलहरुले पाएको समयसीमा आज सकिदै

सहमतीय सरकार गठनका लागि दलहरुले पाएको समयसीमा आज सकिदै

  • बिहिबार, अशोज २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २१ असोज ।  

सहमतीय सरकार गठनका लागि राष्ट्रपति डा. रामवरण यादवले दलहरुलाई दिनुभएको समयसीमा आज सकिदैछ ।

सहमतीय सरकार गठनको सम्भावना नभएपछि दलहरु भने बहुमतीय प्रक्रिया मार्फत धेरै भन्दा धेरै दलको समर्थनमा सरकार गठनको कसरतमा जुटेका छन् ।

मधेस केन्द्रित दलहरु आन्दोलनमा रहेका कारण सबै दलको सहमति जुट्ने अवस्था नभएपछि बहुमतीय प्रक्रियाबाट अधिकतम सहमति खोज्ने प्रयासमा दलहरु जुटेका हुन् ।

सरकारको नेतृत्वबारे दलहरुबीच मतभेद छ । एमालेले पहिले भएको भद्रसहमति अनुसार आफूले नेतृत्व पाउनुपर्ने बताउँदै आएको छ भने कांग्रेस पनि आफ्नो नेतृत्व दोहोर्याउने पक्षमा छ ।

एकीकृत माओवादीको भने सहमति अनुसार एमालेले नेतृत्व पाउनुपर्ने पक्षमा छ । नयाँ सरकार गठनका लागि भोलीबाट बहुमतीय प्रक्रिया सुरु हुनेछ । त्यसका लागि भोली व्यवस्थापिका संसदको बैठक बोलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी