काठमाडौ २१ असोज । तेह्रथुममा गएराति राति पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको खाम्लालुङ–६ स्थित फलामे साँगु जलविद्युत आयोजनाको कुलो भत्किएर खसेको पहिरोले घर बगाउँदा स्थानीय ४८ वर्षीय लोकेन्द्र कुरुम्बाङ र उनका ८ वर्षीय छोरा संगम कुरुम्बाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
पहिरोमा पुरिएर दुई जना घाइते भएका छन् । उनीहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र सक्रान्ति बजारमा उपचार भइरहेको प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline